पोखरामा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो भन्दा बढी सुनसहित भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।
उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
उनीसँग सुनसहित ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार पनि बरामद गरिएको जनाइएको छ । उनले उक्त सुन र नगद कहाँबाट ल्याएको भन्ने अहिलेसम्म नखुलिसकेको पनि जनाइएको छ । अधिकांश सुनको गहनाहरु बनाइएको पाइएको पनि प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।