पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मङ्गलवार सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो।
पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ।खान र कुरैशीमाथि पाकिस्तानको अत्यन्तै गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको छ।