खेलकुद

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी जित्यो मनकामना माविले

Lumbinikhabar Online

विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ ।

भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो ।

उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध कलेका कोअडिनेटर विनय सिंखडाले जानकारी दिनुभयो  । उहाँका अनुसार उक्त प्रतियोगितामा सांग्रिला पब्लिक स्कुलका मनिष थापा उत्कृष्ट गोल किप्पर भएका थिए उनले ट्रफि मेडल र पन्ध्र सय रूपैयाँ पुरस्कार पाएका थिए ।

त्यस्तै, सर्वाधिक गोलकर्ताका रूपमा सांग्रिला पब्लिक स्कुलका गम्भीर तामाङ रहेका थिए, उनले  ट्रफि मेडल र पन्ध्र सय रूपैयाँ पुरस्कार पाएका थिए । आइतबार सम्पन्न खेलमा उत्कृष्ट खेलाडीका रूपमा मनकामना माविका दोर्जे तामाङ रहेका थिए, उनले ट्रफि मेडल र पन्ध्र सय रूपैयाँ पुरस्कार पाएका थिए ।

Tags

छुटाउनु भयो कि ?