टप खबर

विमानस्थलमा प्र​ह​री द्वारा कर्मचारी कुटिएको प्र​कर​णमा छानविन समिति गठन

Lumbinikhabar Online

त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए । घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् । समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

 

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेको जनाइएको छ। सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए। उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको जनाइएको छ ।

 

‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन। कहिलेकाहीँ छामछुम गर्छ। प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले भन्यो। प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो। केही बेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि हातपात गरेका थिए।

 

अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो । लगत्तै उनी त्यहाँ पुगेका थि ए। lहमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएको थियो। उक्त फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो।अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?