टप खबर

हरेक वर्ष १५ हजार लाई रोजगारी दिने गरी गौरवका योजनाहरु अघि बढ्दै छ: सुनिता डंगोल

Lumbinikhabar Online

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिने गरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छिन्। मंगलबार काठमाडौंमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको समुद्घाटनमा बोल्दै उनले यस्तो बताएकी हुन्। महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको उनले जनाइन्।

दश वटा गौरवका योजनाहरुमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउँदै उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेकाे उल्लेख गरिन्। उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने उल्लेख गरिन्।

Tags

छुटाउनु भयो कि ?