टप खबर

नेपाल वायुसेवा निगमको २ जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड

Lumbinikhabar Online

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । चार जहाजमध्ये दुई जहाज ग्राउण्डेड भएपछि सयौं यात्रुको यात्रा प्रभावित भएको छ । निगमको दर्ता नम्बर ९ एन–एएलजेड ए ३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसले हिजो राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ ।

रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने निगमको तयारी छ । निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड  भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसकेका बेला अर्को समस्या थपिएको छ ।

Tags

छुटाउनु भयो कि ?