टप खबर

हिरासतमा रहेका बम्जन विरुद्ध प्रहरीमा थप दुईवटा उजुरी

Lumbinikhabar Online

पुर्पक्षका लागि थुनामा रहेका रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ ।  जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा उजुरी परेका छन् ।  निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ ।  आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका छन ।यस्तै सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको हत्या गरेको आरोप छ।

बोटको हत्या बाराको आश्रममा गरेको जाहेरीमा उल्लेख छ। दुवैका परिवारले बम्जनविरुद्ध किटानी जाहेरी दिएपछि प्रारम्भिकक अनुसन्धान गरिरहेको एसपी सुरेश काफ्लेले बताए।यसअघि २०७५ सालमा पनि उनीहरुले खोजतलासका लागि निवेदन दिएका थिए। बम्जनविरुद्ध यसअघि ४ जना व्यक्ति बेपत्ता बनाएको तथा एक जनालाई जबर्जस्ती करणी गरेको आरोप छ। बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?