टप खबर

लुम्बिनी प्रदेशमा लाइसेन्स ट्रायल दिँदा आफुले चाहेको साधन प्रयोग गर्न पाइने

Lumbinikhabar Online

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा आफूले चाहेको सवारीसाधान प्रयोग गर्न पाइने भएको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले विभागीय प्रमुखहरुलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।  लाइसेन्सका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन आफूले निर्देशन दिएको राणाले रातोपाटीलाई जानकारी दिए । निजी वा आफूले चाहेको अन्य सवारी साधन ट्रालय दिँदा प्रयोग गर्न पाइनेगरी निर्देशन दिइएको र सो निर्देशन कार्यालयमा गइसकेको दाबी गरे ।

यसका लागि बुधबार मन्त्रालयको कार्यकक्षमा सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइएको उनको भनाइ छ ।मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन समेत निर्देशन दिइएको बताए । कतिपय ट्रायल सेन्टर झोलामा सीमित रहेको पाइएको भन्दै उनले अनुगमनपछि आवश्यक निर्णय लिइने पनि जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?