टप खबर

रुस द्वारा युक्रेन माथि भीषण हवाई आक्रमणमा: ३० जनाको मृत्यु

Lumbinikhabar Online

रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।वायुसेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्मकै उच्च संख्या’ र एकैपटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।”

रुसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख सहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ । पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई शृंखलाबद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रुस नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?