टप खबर

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

Lumbinikhabar Online

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ। यसअघि बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए। आइतबारदेखि अन्तिम सुनुवाइका लागि पेसी चढेकोमा बहस हुँदै आइरहेको उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।

यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै आएका थिए। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।

Tags

छुटाउनु भयो कि ?