बिबिध

एअरपोर्टमा गाँजा: १ किलो १६० ग्राम गाँजाको पार्सल अमेरिकाबाट आयो

Lumbinikhabar Online

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएकोे १ किलो १६० ग्राम गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिएका छन् । प्रमुख पाण्डेका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको थियो ।

बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।

Tags

छुटाउनु भयो कि ?