टप खबर

उद्योगहरुको लाइन सामुहिक निर्णयबाट काटिएको होः कुलमान घिसिङ

Lumbinikhabar Online

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको बताउनुभएको हो ।

 

कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रीपरिषद्को निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महशुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगको लाइन नकाटिएको स्पष्ट पार्दै उहाँले यो विषय अहिले ठूलो विषय बनेको र सामुहिक विषय बनेको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?