टप खबर

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

Lumbinikhabar Online

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको हो। बैठक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको जानकारी दिइन्।

Tags

छुटाउनु भयो कि ?