News in Nepali

लेबनान–इजरायल सीमामा भिडन्त: ६ जनाको मृत्यु

Lumbinikhabar Online

लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा चार जना हेज्बोल्लाहका लडाकु र दुई जना प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआइजे) अभियानका सदस्य रहेको लेबनानी सैन्य स्रोतले जनाएको छ ।

 

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले जनाएको छ । दुई अलगअलग इजरायली आक्रमणमा चार हेज्बोल्लाह लडाकु मारिएका हुन् । दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआइजेका दुई सदस्यको मृत्यु भएको थियो ।

Tags

छुटाउनु भयो कि ?