प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान व्यवस्था जोगाउन सत्ता गठबन्धन र विपक्षी दल एकढिक्का भएको दाबी गर्नुभएको छ । कैलालीको धनगढीमा शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाट्न गर्दै प्रधानमन्त्री दाहालले जनताको बलिदानबाट प्राप्त संघीय गणतान्त्रिक व्यवस्था जोगाउने विषयमा प्रमुख दलहरु एकढिक्का रहेको बताउनुभयो ।
देशको बिग्रिएको अर्थतन्त्रले लय समातेको भन्दै दाहालले अर्थतन्त्र सुधारका लागि राष्ट्रबैंकले मौद्रिक नीतिमा पनि लचकता अपनाएको बताउनुभयो । अब अर्थतन्त्रले साँच्चिकै लय समात्ने उहाँको भनाइ थियो । एनसेल बिक्री प्रकरणमा बिभिन्न गलत प्रचारबाजी भएको भन्दै प्रधानमन्त्री दाहालले आफू दुबईबाट फर्केपछि त्यसबाट उत्पन्न समस्याको समाधान गर्न खोजेको जिकीर पनि गर्नुभयो ।