प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन्। मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा आफ्नो धारण राख्दै प्रधानमन्त्री दाहालले देशलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका हुन्।
यसैबीच उनले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत बताएका छन् । उनले भने ‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसंग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि एनसेलको कुरा आएको छ। मैले सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन, छानबिन गरी कारबाही गरिन्छ। ‘