टप खबर

एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीमा चासो राख्दै तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

मुलुकबाहिरै ८० प्रतिशत शेयर खरिद–बिक्रीको विषय नेपालले जानकारी पाए नपाएको र कसरी भएको हो भनि अध्ययन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो । प्रधानमन्त्री दाहालले राजश्व विभाग लगायतका निकायलाई सेयर खरिदको छानबिन गर्न निर्देशन दिनुभएको जनाइएको छ । खरिद बिक्रीमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएकोबारे अध्ययन गरेर जानकारी गराउन उहाँले भन्नुभएकोे सचिवालयले जनाएको छ । साथै, यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा पनि अध्ययन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।

 

सोमबारै सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पनि प्रधानमन्त्री दाहालले १ सय ३० अर्बको एनसेल सात अर्बमा बिक्री हुनु अस्वाभाविक भन्दै अध्ययन गरिने र आवश्यक कदम चाल्ने बताउनुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?