टप खबर

एनसेलको शेयर खरिद-बिक्री शंकास्पद भ​एको भ​न्दै छानबिन गर्न माग

Lumbinikhabar Online

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिद-बिक्रीमा कर छली भएको दाबी गरे । “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने ।  सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ४४ अर्ब ७ करोड रूपैयाँमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर ५ करोड डलर अर्थात् साढे ६ अर्ब रूपैयाँमा बिक्री गरिएकोप्रति उनले गम्भीर शंका व्यक्त गरे ।

Tags

छुटाउनु भयो कि ?