प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको भन्दै उनले नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६