टप खबर

इजरायल – हमास युद्ध विरामको अवधि बढ्न सक्ने

Lumbinikhabar Online

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास युद्धविरामको समय बढाउन सकारात्मक देखिएका छन् । कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो । सो सम्झौता अनुसार आज युद्धविराम सकिदैछ । हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

 

सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

 

दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केत देखिएको बताइएको छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ ।

 

तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् । प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ । तर सहमति भने भइसकेको छैन ।

Tags

छुटाउनु भयो कि ?