टप खबर

माओवादी घटक दलहरु बीचको एकता आवश्यक : प्रधानमन्त्री दाहाल

Lumbinikhabar Online

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा बिहीबार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भने,’हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’

Tags

छुटाउनु भयो कि ?