टप खबर

इजरायलमा हराएकाको खोजी जारी छ : मन्त्री साउद

Lumbinikhabar Online

परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिनुभएको छ । आइतबार आप्mनै निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको जानकारी दिनुभयो ।

मन्त्री साउदले इजरायलमा मारिएका नेपाली विद्यार्थीहरुको शव इजरायल सरकारले नै ल्याएर हस्तान्तरण गर्ने बचन दिएको पनि बताउनुभयो । नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन जोशी हमास समूहको कब्जामा रहेको हुनसक्ने बुझिएको उहाँको भनाइ थियो ।हमासको आक्रमणका क्रममा हमासले प्रहार गरेको ग्रिनेड विपिनले फालेर चारजना नेपालीको ज्यान बचाएको नेपाली बिद्यार्थीहरुले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?