टप खबर

मुलुकको व्यापार घाटा कम गर्न निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ

Lumbinikhabar Online

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनुभयो ।

 

गृहमन्त्री श्रेष्ठले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो । उहाँले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?