नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्ताको चरम दुरुपयोग भइरहेको आरोप लगाउनु भएको छ ।
एमाले कोशी प्रदेशको पहिलो अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले खुँडा हानेर मान्छेको हत्या गर्नेहरुलाई आममाफी दिने जस्ता चरम सत्ता दुरुपयोग भईरहेको बताउनुभएको हो । आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम बर्तमान सरकारले गरिरहेको भन्दै ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा दिनुभयो ।