News in Nepali

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता

Lumbinikhabar Online

नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  आन्तरिक छलफलपछि उनले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरे ।  निर्वाचन अन्तरगत अब चार जना अध्यक्षका उम्मेदवार कायम भएका छन् ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ । यो बीचमा सहमतिको प्रयास समेत जारी छ ।

Tags

छुटाउनु भयो कि ?