News in Nepali

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

Lumbinikhabar Online

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास नगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारको पूर्व स्वीकृति लिन  सिफारिस गर्ने निर्णय पनि भएको छ ।

यसैगरी कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा  दाखिला गर्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यस्तै प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय पनि गरेको छ । यसबाहेक शुक्रबार करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड समुदायलाई सार्वजनिक विदा दिने निर्णय पनि गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?