News in Nepali

विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

Lumbinikhabar Online

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसर पारी स्वागत गरेका छन् ।

बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ उनीहरुलाई स्वागत गरिएको हो ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका अष्ट्रेलियाका १ जना र भारतका १६ जना गरी १७ जना पर्यटकहरूलाई लाखे प्याखंको प्रस्तुतिसँग भक्तपुर नगरमा स्वागत गरिएको हो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको पुरानो सहर आफैंमा एउटा सम्पदा शहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए ।

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको बताए ।

Tags

छुटाउनु भयो कि ?