१९औं एसियाड अन्तर्गत महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ ।
समूह बी अन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा सोमबार दिउँसो भएको खेलमा नेपाल जापानसँग २२-४ ले पराजित भएको हो ।
नेपालको लागि गरिसा सिलवालले र मिना गुरुङले २-२ अंक स्कोर गरिन् ।
एसियन गेम्सको वरीयतामा जापान दोस्रो वरीयतामा थियो भने नेपाल १५औं वरीयतामा थियो ।
जापानको लागि मायु लुसी कुबोताले सर्वाधिक १२ अंक स्कोर गरिन् ।
नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाइ थ्री मा लगातार दोस्रो पटक खेलेको हो ।
श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान छन् ।