News in Nepali

आयुर्वेद उपचार पद्धतिमा बढ्दो आकर्षण, तर छैन जनशक्ति र उपकरण

Lumbinikhabar Online

आयुर्वेद उपचार पद्धतितर्फ आकर्षण बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा सहभागी आयुर्वेद क्षेत्रका स्वास्थ्यकर्मीहरूले आयुर्वेद उपचार पद्धतिमार्फत सेवा लिनेको संख्या बढ्दै गएको बताएका हुन्।

प्रभावकारी बनाउँदै लगिएको बताए। उनले जनशक्तिको अभावदेखि अस्पतालमा आवश्यक साधनबारे समेत धारणा राखेका थिए।

लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले सेवा प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनदेखि अन्य स्रोत–साधनको व्यवस्थापनका लागि समिति लागिपर्दै आएको धारणा राखेका थिए।

रुपन्देहीमा गत आर्थिक वर्षमा आयुर्वेद उपचार पद्धतिमार्फत ७९ हजार ९६ जनाले सेवा लिएका छन्। सेवा लिनेमा महिलाको संख्या ४५ हजार आठ सय ६१ र पुरुषको संख्या ३३ हजार दुई सय ३५ छ।

जनशक्तिदेखि एक्सरेसम्मका लागि मन्त्रीसमक्ष माग

समीक्षा गोष्ठी जारी रहेकै अवस्थामा चिकित्सालयको निरीक्षणमा आइपुगेका प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालसमक्ष चिकित्सालयले विभिन्न समस्या राखेको छ।

चिकित्सालयका डाक्टर प्रवेश श्रीवास्तवले अस्पतालमा सेवाग्राही बढ्दो रहेको, तर जनशक्ति कम रहेको बताए। हाल दरबन्दीका ६ सहित १८ जनाबाट सेवा प्रवाह गर्दै आएको भए पनि ३९ जना आवश्यक रहेको बताए।

प्रस्तावित दरबन्दी ३९ का अतिरिक्त चिकित्सालयलाई स्टाफ नर्स, एक्सरे तथा भिडियो एक्सरे सेवाका अतिरिक्त एबुलेन्स सेवाको पनि खाँचो रहेको बताए। सरकारबाट सहयोग भएमा अस्पताललाई ५० बेडमा विस्तार गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ।

मन्त्रीसमक्ष विकास समितिका अध्यक्ष शिव ज्ञवालीले कर्मचारी व्यवस्थापनका लागि फाइल मन्त्रालयमा पठाइसकिएको भन्दै मन्त्रीसमक्ष कर्मचारीको समस्याबारे कुरा राखेका थिए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव जनार्दन उपाध्यायले देशभरिकै नमुना अस्पतालका रूपमा लुम्बिनी आयुर्वेद चिकित्सालयलाई विकास गर्न सक्दो सहयोग गर्ने बताए। मन्त्री खनालले आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दै गएको भन्दै स्तरीय सेवा दिन लागिपर्न निर्देशन दिए।

Tags

छुटाउनु भयो कि ?