News in Nepali

अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा बालक पक्राउ

Lumbinikhabar Online

बझाङमा २८ वर्षीया अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो।

शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

उनकी आमाले खबर गरेको दुई/ तीन घन्टाभित्र बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी भरतबहादुर शाहलले जानकारी दिए।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Tags

छुटाउनु भयो कि ?