News in Nepali

कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

Lumbinikhabar Online

नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् । ्

समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उनले दाबी गरे ।

अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए । उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उनले सुनाए ।

अनुशासनसम्बन्धी पार्टीको विधान पनि अस्पष्ट भएकाले संशोधन गर्नुपर्ने ढुंगानाले बताए । पार्टीको जिल्ला, प्रदेश र केन्द्रमा अनुशासन समिति रहने व्यवस्था विधानमा छ । तर जिल्लाको अनुशासन समितिले अनुशासन उल्लंघन गर्नेलाई कति समय निलम्बन गर्न सक्छ भन्ने व्यवस्था विधानमा उल्लेख नभएको उनले बताए ।

Tags

छुटाउनु भयो कि ?