News in Nepali

प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरू माइतीघरमा

Lumbinikhabar Online

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका कक्षा १२ सम्मका शिक्षक आन्दोलनमा उत्रिएका छन्।

काठमाडौंको माइतीघर मण्डलामा सयौँको संख्यामा शिक्षक आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरूको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अवरोध भएको छ।

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिनेलगायत विषयप्रति उनीहरूको असन्तुष्टि छ। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौं आएका छन्।

Tags

छुटाउनु भयो कि ?