News in Nepali

अराजकताले समाजमा द्वन्द्व मात्रै बढाउँछ : केसी

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले समाजमा अराजकताप्रतिको मोह बढिरहेको भन्दै त्यसले द्वन्द्व मात्रै बढाउने बताएका छन् । उनले अराजकतालाई प्रोत्साहन गर्नु झन् ठूलो अराजकता भएको बताए ।

त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आइतबार गरेको १७ औं ‘सीपीडीएस डे’ को अवसरमा आयोजित कार्यक्रममा नेता केसीले स्वतन्त्रताका नाममा मौलाएको अराजकताले समाजको शान्ति र सुशासन भंग गर्दै गइरहेको बताए ।

‘हाम्रो समाजमा स्वस्थ बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डहीनताको अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘जतिसुकै ठूलो मान्छे किन नहोस्, सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४–५ लाखले लाइक गर्ने समाज वास्तवमा कतातिर जाँदैछ ? यस्तो अराजकताले समाजलाई शान्ति र समृद्धितिर लैजान्छ कि द्वन्द्व झन् मौलाउँछ ?’

उनले समाजमा बढ्दो अराजकता र द्वन्द्व नियन्त्रणमा सरकारले भूमिका खेल्न नसकेको बताए ।

Tags

छुटाउनु भयो कि ?