News in Nepali

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Lumbinikhabar Online

आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार २५० रुपैयाँमा तेजावी सुन र १ हजार ३९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?