News in Nepali

एसिसी एसिया कप फाइनल आज : बलियो भारतलाई श्रीलंकाको चुनौती

Lumbinikhabar Online

श्रीलंकाले एसिसी एसिया कप २०२३ को उपाधिका लागि घरेलु मैदानमा बलियो भारतको सामना गर्दै छ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३:१५ बजे हुने फाइनलमा भारत र श्रीलंकाबीचको फाइनल रोमाञ्चक हुने अपेक्षा छ । भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको थियो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भयो ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो । श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ । भारत र पाकिस्तानबीचको सुपर फोरको खेल रिजर्भ डेमा खेलाइएको थियो ।

सन् २०१४ मा प्रतिस्पर्धा भएको थियो । टी–२० फर्म्याटमा फाइनलमा ६ विकेटको जित निकालेको थियो ।

भारत सर्वाधिक विजेताएसिया कप इतिहासमा सर्वाधिक सातपटक उपाधि जित्ने एक्लो टोली भारत हो । एकदिवसीय र टी–२० फर्म्याट गरी भारतले कुल सातपटक उपाधि जितेको छ । टी–२० उपाधि एकपटक हात पारेको छ । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको छ । भारतपछि दोस्रो स्थानमा श्रीलंका छ । श्रीलंकाले ६ पटक उपाधि जितेको छ । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको हो । पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ ।

Tags

छुटाउनु भयो कि ?