ग्रेटर नोयडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुँडिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।
ग्रेटर नोयडाका जिल्ला प्रमुख मनीष बर्माका अनुसार चारजनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँचजनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारबाही एवं उचित उपचार सुनिश्चित गरिएको छ।