प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौति’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपाल अतिकमविकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी युएन महासभामा प्रस्तुत हुने दाबी गर्नुभएको हो । सो महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिव मुलुकहरुले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताउनुभयो । उहाँले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिशन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । अध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अपm्ठ्यारोतिर नै जान सक्ने उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले हाइड्रोजन इनर्जीको प्रचुर सम्भावना नेपालमा रहेकाले त्यसको विकासमा पनि आफूहरु लागि परेको दोहोर्याउनुभयो ।