News in Nepali

सेयर बजारले २ हजार अंक नाघ्यो, सबै सूचक बढे

Lumbinikhabar Online

बुधबार सेयर बजारले २ हजार अंक नाघेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३९.४८ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २००७ अंकमा कायम भएको हो । कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ । हिजो १ अर्ब १३ करोडको कारोबार भएको थियो ।

२१३ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने ४ को स्थिर रहृयो । सबै उपसमूहका सूचक बढेका छन् । प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो । धेरै हकप्रद र नयाँ कम्पनीहरु सूचीकृत हुँदा आपूर्ति बढेको भन्दै यो उपसमूहप्रति कतिपय लगानीकर्ता नकारात्मक भइरहेका बेला बुधबार भने अन्य उपसमूहभन्दा धेरै बढेको हो ।

अंकका आधारमा बैंकिङ १२, विकास बैंक १०६, फाइनान्स ५३, होटल तथा पर्यटन १५७, जलविद्युत् ७१, जीवन बीमा २७३, उत्पादन १०२, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा २४०, अन्य ३०, ब्यापार ६१ अंक बढे ।

बरुण हाइड्रोपावर, शुभम् पावर र समता लघुवित्तको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो । अरुण काबेलीको ९ र अपि पावरको ८ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपारको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सोल्टी होटल, एभरेस्ट बैंक, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

Tags

छुटाउनु भयो कि ?