टप खबर

ललिता निवास प्रकरणः मीनबहादुरसहित १७ जना धरौटीमा रिहा

Lumbinikhabar Online

ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

 

अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतले शिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग१५ लाख, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।

 

यस्तै, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १०, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार र लोकरि घिमिरेसँग ७ लाख ५० हजार धरौटी माग गरिएको छ । केशव तुलाधर भने साधारण तारेखमा रिहा भएका छन् ।

Tags

छुटाउनु भयो कि ?