News in Nepali

भारतविरूद्ध नेपालको राम्रो सुरुवात

Lumbinikhabar Online

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।

श्रीलं‌काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओ‌भरमा विकेट नगुमाइ ४२ रन जोडेको छ।

नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन जोडेका छन्।

भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।

यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

Tags

छुटाउनु भयो कि ?