News in Nepali

नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारको जानकारी गराउन एमालेको माग

Lumbinikhabar Online

एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार र परराष्ट्र मन्त्रालयले त्यसको जानकारी संसदलाई गराउनुपर्ने माग गरे ।

‘नेपालको नक्सा संसद्ले एक मतले जारी गर्यौं । चीनले नक्सा प्रकाशित गर्दा हाम्रा चुच्चे नक्सा समेटिएको छैन । परराष्ट्रमन्त्री विगतको सरकारले पत्रचार नै गरेको छैन भनेर आलोचना गरेर बस्नु भएको छ,’ उनले भने, ‘वर्तमान सरकार र परराष्ट्र मन्त्रालयले चुच्चे नक्सालाई मान्यता दिलाउन कुन–कुन देशलाई पत्राचार गरेको छ त्यसको जानकारी तत्काल दिन सरकारसँग माग गर्दछु।’

 

Tags

छुटाउनु भयो कि ?