News in Nepali

एमाले लुम्बिनी अधिवेशन : २०५ कमिटीका लागि ३६४ जनाको उम्मेदवारी

Lumbinikhabar Online

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚ जसमा अध्यक्षमा २‚ उपाध्यक्षमा ३ र सचिवमा २ जनाको उम्मेदवारी छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन कमिटीले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकामा दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरिएको हो । साढे १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने‚ २ बजेसम्म उजुरीमाथि छानबिन र निर्णय गर्ने र साढे २ बजे नामावली पुनः प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए ।

 

Tags

छुटाउनु भयो कि ?