News in Nepali

माओवादी केन्द्रको रुपान्तरण अभियान : के गर्दैछ बागमती प्रदेश समिति ?

Lumbinikhabar Online

संगठन सुधारका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने विशेष रुपान्तरण अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तहका नेताहरुलाई गाउँगाउँ पठाएर माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक समारोहबिच चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नाराका साथ माओवादी केन्द्रले सञ्चालन गर्ने ३ महिने अभियानमा सक्रिय हुन नेताहरु ७५३ पालिकाको वडा वडामा केन्द्रित हुनेछन् । माओवादी केन्द्रले ७ प्रदेशकै हरेक वडा तहमा आफ्ना नेता तथा कार्यकर्ताहरु खटाएर पार्टी संगठन सुधारको प्रयास थालेको हो ।

 

सोही अनुसार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले पनि विशेष रुपान्तरण अभियानको तयारी अन्तिम चरणमा पु¥याएको छ । माओवादी केन्द्रको जनमत बढाउने र कमजोर बन्दै गएको पार्टीको धरालतलाई सुधार गर्दै सशक्त संगठन निर्माणमा जुटेको माओवादी केन्द्रलाई अभियानले सहजता प्रदान गर्ने अपेक्षा गरिएको नेताहरु बताउँछन् ।

अभियानलाई सफल बाउन माओवादी केन्द्रका केन्द्रदेखि जिल्ला तहका नेताहरु वडा वडामा तयारी कार्यक्रममा सक्रिय छन् । बागमती प्रदेशका पनि माओवादी केन्द्रले तयारी बैठक तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेको छ । माओवादी केन्द्रले बुधबार चितवनको जिल्ला कमिटी बैठक सम्पन्न गरेसँगै तयारी तथा निर्देशनात्मक बैठक सम्पन्न गरेको हो ।

प्रदेश समितिले उक्त अभियानका लागि गत साउन ३२ गते पदाधिकारीसहितका नेताहरुलाई फरक फरक जिल्लाका स्थानीय तहको कमाण्डर तोकेर खटाइसकेको छ । हरेक जिल्लामा फरक जिल्लाको नेतालाई कमाण्डर तोकिएको छ भने ७९ वटै पालिकामा फरक–फरक जिल्लाबाट इञ्चार्ज तोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?