News in Nepali

समाजवादी मोर्चाले घोषणा गर्‍यो कर्णाली प्रदेश समन्वय समिति

Lumbinikhabar Online

समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

समितिमा समाजवादी मोर्चामा आबद्ध दलको सिफारिसमा तीन–तीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष विमला केसी, कृष्णबहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमरबहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । नेकपाको तर्फबाट विराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?