News in Nepali

भ्रष्टाचारको अनुसन्धानमा आफ्नो–पराइ भनेर विभेद गरेको छैन : प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले निष्पक्ष रूपले छानबिन गरिरहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सांसद अशिम साहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जिकिर गरेका हुन्। आफूले सरकारको नेतृत्व गरेसँगै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाएको प्रधानमन्त्रीको भनाइ छ।

‘सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारको मामलामा यो आफ्नो, यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन। कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको छ,’ उनले भने।

प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको प्रस्ट पारे।

Tags

छुटाउनु भयो कि ?