News in Nepali

मलेसियासँग टस हारेको नेपाल ब्याटिङमा

Lumbinikhabar Online

आईसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग टस हारेर ब्याटिङ गरिरहेको छ ।

बायोमास क्रिकेट ओभलमा घरेलु टिम आज नेपाललाई कम रनमा रोक्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र कुवेतलाई ३८ रनले पराजित गरेको थियो । आजको खेलमा मलेसियालाई जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ । यदि पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ ।
हङकङ ३ खेलमा४ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालको प्लेइङ ११ः रुबिना क्षेत्री, इन्दु बर्मा, सीता राना मगर, खुसी ढंगोल, काजोल श्रेष्ठ, अस्मिना कर्मचार्य, बिन्दु रावल, पूजा महतो, कविता कुवँर, कविता जोशी र सम्झना खड्का ।

Tags

छुटाउनु भयो कि ?