News in Nepali

‘गदर २’ ले कमायो ४ सय करोड

Lumbinikhabar Online

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ४ सय करोड क्लबमा समावेश भएको छ।

अगस्ट ११ अर्थात साउन २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले मंगलबार १२ करोड १० लाख भारू कमाउँदै ४ सय करोड क्लबमा समावेश भएको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतीय बक्स अफिसमा १२ दिनमा ४०० करोड ७० लाख भारू कमाएको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।

यो फिल्मले रिलिज भएदेखि नै नयाँ-नयाँ रेकर्ड राख्दै आएको छ।

‘गदर २’ सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘पठान’ ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

Tags

छुटाउनु भयो कि ?