News in Nepali

संसद् खुलाउन सत्तारूढ दलहरूबीच छलफल

Lumbinikhabar Online

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन्।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।

Tags

छुटाउनु भयो कि ?