टप खबर

कोशी तथा गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

Lumbinikhabar Online

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।

 

बुधबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

यस्तै, बुधबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags

छुटाउनु भयो कि ?