७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् ।
मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए ।
मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी गराए ।
मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकाय अध्यापन गराइन्छ ।